Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपत्यकाबाट लागूऔषध कारोबारमा संलग्न प्रहरी हवल्दारसहित ११ जना पक्राउ

काठमाडौं । काठमाडौंमा लागुऔषध खैरो हिरोईनको कारोबारमा संलग्न सशस्त्र प्रहरी हवल्दारसहित ११ जना पक्राउ परेका छन् । उपत्यकामा लागूऔषध खैरो हिरोईनको सञ्जाल बनाई अवैध कारोबार भइरहेको भन्ने सुचनाका आधारमा लागूऔषध नियन्त्रण व्युरोबाट खटिएको प्रहरी टोलीले ११ जनालाई विभिन्न मितिमा ३२२.६ ग्राम खैरो हिरोईनसहित पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण व्युरोका अनुसार पक्राउ पर्नेमा म्याग्दी घर भई हाल काठमाडौं बुढानिलकण्ठ बस्ने २५ वर्षीय लालबहादुर बुढाथोकी छन् । उनको साथबाट प्रहरीले सय ग्राम ब्राउन सुगर बरामद गरेको छ। काठमाडौं धुम्बाराहीस्थित गेष्ट हाउसबाट अजय तामाङलाई २९४ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।

यस्तै अन्य पक्राउ पर्नेमा दोलखाका कौशल बस्नेत, सिन्धुपाल्चोकका समीर घले गुरूङ, झापाका अन्जान राई, सञ्जय लक्सम्बा, पुकार गुरूङ, प्रविण भण्डारी, सुनिल ताजपुरिया, भारत दार्जिलिङका श्यामल सिंह छन् ।

लागुऔषधको कारोबारमा जोडिएका सशस्त्र प्रहरी बलमा कार्यरत् हवल्दार खगेन्द्र भुजेल हुन् । भुजेल मोरङ दुलारी घर भई हाल दुई नम्बर हेडक्वाटर झापामा कार्यरत थिए । भुजेलको कनेक्सन भारतीय नागरिक श्याम सिंहसँग जोडिएको ब्युरोको प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

सिंहले भुजेललाई, भुजेलले सुनिल ताजपुरियामार्फत कौशल बस्नेतलाई ब्राउन सुगर उपलब्ध गराउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। यसैगरी, लालबहादुर बुढाथोकीले कौशल बस्नेतसँग खरिद गर्ने गरेको, बस्नेतले समीर गुरूङलाई बिक्री गर्ने गरेको खुलेको छ।

प्रविण भण्डारीले भारत सिलिगुडी गएर लागुऔषध खरिद गरी अजय तामाङमार्फत् अन्जान राईलाई बिक्री गर्ने गरेको खुलेको बताइएको छ । उनीहरू सबैलाई लागुऔषध मुद्दामा अनुसन्धान भइहेको लागूऔषध नियन्त्रण व्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077