Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अटो भाडाका विषयमा विवाद, ‘तुम नेपाली लोग’ भनेर गाली गर्न थालेपछि गुप्ताको हत्या

    अटो भाडाका विषयमा विवाद, ‘तुम नेपाली लोग’ भनेर गाली गर्न थालेपछि गुप्ताको हत्या

    अनलाइन नेपाल
  • शुक्रबार, २७ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    कैलाली । कैलालीमा हत्या गरेको अवस्थामा भेटिएका भारतका कुल्दीप गुप्ताको हत्यामा संलग्न दुईजना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–४ शिवपुरी धाम नजिक डेरा गरी बस्ने भारत उत्तर प्रदेश सहेजापुर घर भएका ४२ वर्षीय कुलदीप गुप्ताको हत्याको आरोपमा उनीहरुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा बाजुरा खप्तड छेडेदह गाउँपालिका–२ बस्ने २४ वर्षीय राजेन्द्र बुढा र सोही ठाउँ बस्ने २० वर्षीय भुपेन्द्र बुढा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरु दुवै जनालाई शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।



    दुवैजना मिलेर भारतीय नागरिक कुलदीप गुप्ताको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । अटो भाडाको बिषयमा विवाद हुँदा शिवनगरबाट जाई जाने सडकको कल्वट नजिक पुगेपछि कुलदीप गुप्ताले “नेपाली लोग” भनेर गाली गलौज गर्न थाले पछि उनीहरुबीच हात हालाहाल र हानाहान भएको अनुसन्धानबाट खुलेको एसपी अधिकारीले बताए ।



    गुप्ता सडक छेउ नालीमा खसेपछि भुपेन्द्र बुढाले अटोमा रहेको काठको टुक्रा प्रहार गरी उनको हत्या गरेको खुलेको हो । मादक पदार्थ सेवन गरेको अवस्थामा तत्कालको रीस आवेग थाम्न नसकी कुलदीपको हत्या गरेको उनीहरु दुवैजनाले स्वीकार गरेको प्रहरीको भनाई छ । उनीहरु दुवैलाई पक्राउ गरी ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

    सोमबार धनगढीको वडा नम्बर ५ शिवनगर र जाई जोड्ने सडक छेउको नालीमा भारतको उत्तरप्रदेशस्थित शाहजापुराका अन्दाजी ४२ वर्षीय गुप्ताको शव फेला परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार