Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कच्चा पदार्थको अभाव देखाएर उद्योगीले खाने तेल उत्पादन घटाउन थाले

काठमाडौं । कच्चा पदार्थको अभाव देखाएर उद्योगीले खाने तेल उत्पादन घटाउन थालेका छन् ।

युक्रेनबाट आयात हुने सूर्यमुखीको कच्चा तेल रोकिएको भन्दै सुनसरी–मोरङ कोरिडोरका उद्योगले उत्पादन कटौती गरेका हुन् । युक्रेनमा बन्दरगाहबाट नेपालका लागि चलान तयारीमा रहेको जहाज रद्द भएको उद्योगीले बताएका छन् ।

नेपालका उद्योगले मगाएको ५० हजार टन सूर्यमुखीको तेलको कच्चा पदार्थ रोकिएको उद्योगीहरूले जनाएका छन् । मोरङ व्यापार सङ्घका कार्यकारी सदस्य एवं पशुपति खाद्य तेलका सञ्चालक अमित शारडाले कोरिडोरका सबै रिफाइनरी उद्योगले आफ्नो उत्पादन घटाएको बताए ।

“न्यूनतम २५ प्रतिशतले सबैले उत्पादनमा कटौती गरिसकेका छन्, कच्चा पदार्थको मौज्दात कम भएसँगै उत्पादनमा कटौती गर्न बाध्य हुनु परेको हो,” शारडाले भने क्वालिटी आयल रिफाइनरीको सञ्चालक एवं उद्योग सङ्गठन मोरङका कोषाध्यक्ष विपिन काबराले कच्चा तेल लोड भएका जहाजको चलान रद्द भएसँगै नेपाली उद्योगीहरू थेगिएर मात्रै उत्पादन गर्ने स्थितिमा पुगेको बताए तर जहाजको चलान रद्द भए पनि नेपाली उद्योगीको रकम डुब्ने स्थिति नभएको काबराको भनाइ छ । गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077