Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुत्केरी र नवजात शिशुको भरतपुर अस्पतालमा मृत्यु

काठमाडौं । चितवनको भरतपुर अस्पतालमा एक सुत्केरी र नवजात शिशुको मृत्यु भएको छ ।

भरतपुर अस्पतालको प्रसूति वार्डमा फागुन २४ गते भर्ना भएकी कावासोती नगरपालिका-४ हसौराकी २७ वर्षीया गंगा गैरे गौतम र उनकी नवजात शिशु (छोरी) को शुक्रबार बिहान मृत्यु भएको हो ।

गैरेको अत्यधिक रक्तस्रावको कारण मृत्यु भएको अस्पतालले जनाएको छ । सुत्केरी व्यथा लागेपछि गैरै २४ फागुनमा भरतपुर अस्पतालको प्रसूति वार्डमा भर्ना भएकी थिइन् ।

शुक्रबार बिहान सामान्य ढंगबाट छोरीलाई जन्म दिएपछि गैरे र नवजात शिशु दुबैको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.कृष्ण पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077