Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

प्रकाश सपुतलाई रञ्जीत तामाङको चुनौती- माओवादीविरुद्ध प्रयोग हुनुभन्दा खुलेआम राजनीतिमा आउनु

काठमाडौं । नेकपा माओवादी केन्द्का केन्द्रीय सदस्य रञ्जीत तामाङले गायक प्रकाश सपुतलाई खुलेआम राजनीतिमा आउन चुनौती दिएका छन्।

पछिल्लो समय सपुतले सार्वजनिक गरेको नयाँ गीत 'पिर'मा आपत्ति जनाउँदै उक्त गीत कसैको उक्साहटमा सार्वजनिक गरिएको तामाङको भनाइ छ।

तामाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कसैको उक्साहटमा माओवादीविरुद्ध प्रयोग हुनुभन्दा खुलेआमा राजनीतिक प्रतिस्पर्धामा आउन आग्रह छ ।’ उनी उक्त गीत ‘पिर’ शीर्षमा कथाकारको अर्धचेत, अल्पज्ञानको उपज भएको उनको आरोप छ।

माओवादीको कमीकमजोरी स्वीकार गर्दै भनेका छन– ‘परिवर्तनका लागि मृत्युसँग मुकाबिला गरेका हाम्रा कमरेडहरु त्यति निच जिवन बिताइरहेका छैनन्, बरु एक छाक खाएका छन्, एकधरो कपडा लाएका छन् तर स्वाभिमान, नैतिकता र आत्मसम्मान गुमाएर जिउँदै मरेका छैनन ।’

गीतमा माओवादी सशस्त्र द्वन्द्वमा होमिएका एक जोडी पात्रको भोगाइलाई उतारिएको छ । गीतमा माओवादीका कार्यकर्ताले मात्र होइन नेताहरूले पनि सामाजिक सञ्जालमा गीतप्रति आक्रोश पोखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077