Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मोरङमा १८ महिने बालिकाको बलात्कारपछि हत्या, दुई जना सार्वजनिक

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले मोरङको सुन्दरहरैँचा नगरपालिका–७, गणेशपुरकी १८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

आइतबार मोरङ प्रहरीले पत्रकार सम्मेलन गरी घटनामा संलग्नलाई सार्वजनिक गरेको हाे । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–७, गणेशपुरका २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी रहेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता एसपी जनार्दन जिसीकका अनुसार पक्राउ परेका दुबै जनाले ललाई फकाई गरी घरबाट नजिकैको झाडीमा लगेर घटना गराएका हुन् ।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले बलात्कारपछि बालिकाको टाउकोमा ढुंगा र बियरको बोतलले प्रहार गरेको गम्भीर घाइते बनाएका थिए ।

उनीहरूविरुद्ध प्रहरीले अदालतबाट समय लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077