Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वास्थ्य मन्त्रालयले भन्यो- दरबन्दीभन्दा बढी कर्मचारीलाई तलबभत्ता दिन सकिदैँन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दीभन्दा बढी कर्मचारीलाई तलब भत्ता दिन नसकिने प्रस्ट पारेको छ ।

आइतबार मन्त्रालयले सातवटै प्रदेश र सात सय ५३ स्थानीय तहलाई परिपत्र गर्दै दरबन्दीभन्दा बढी कर्मचारीलाई थप तलबभत्ता दिन नसकिने प्रस्ट पारेको हो ।

'हाल कर्मचारी समायोजन मिलानसम्बन्धी मापदण्ड २०७७ तथा स्वास्थ्य सेवाका कर्मचारीको समायोजन मिलानसम्बन्धी व्यवस्था २०७७ बमोजिम सम्बन्धित तहहरूको दोहोरो सहमतिका आधारमा मन्त्रालयबाट स्वास्थ्य सेवाका कर्मचारीको समायोजन मिलान भइरहेको मन्त्रालयको परिपत्रमा उल्लेख छ।

दोहोरो सहमतिअनुसार समायोजन मिलान भएका कर्मचारीलाई केही प्रदेश, स्थानीय तहहरूले दरबन्दी रिक्त नभएका कारण हाजिर गराउन नसकिने भनी फिर्तासमेत गर्ने गरेको पाइएको छ । केही प्रदेश, स्थानीय तहहरूले स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारीलाई सहमति दिई थप तलबभत्ता माग समेत गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077