Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अर्थतन्त्र सुधार्न तत्काल आर्थिक संकटकाल घोषणा गर्नुपर्छ : मोतीलाल दुगड

    अर्थतन्त्र सुधार्न तत्काल आर्थिक संकटकाल घोषणा गर्नुपर्छ : मोतीलाल दुगड

    अनलाइन नेपाल
  • आइतबार, २९ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा (एमाले) का उद्योग वाणिज्य तथा आपूर्ति विभाग प्रमुख मोतीलाल दुगडले देशको अर्थव्यवस्था सुधार्न आर्थिक संकटकाल घोषणा गर्नुपर्ने बताएका छन् ।

    आइतबार एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागले आयोजना गरेको देशको वर्तमान आर्थिक अवस्थासम्बन्धी छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।



    देशको आर्थिक अवस्था सुधार गर्न तत्काल आर्थिक संकटकाल घोषाण गर्नुपर्ने उनको भनाई छ । ‘अर्थतन्त्र डामाडोल भइसकेको छ। बैँकदेखि निजीक्षेत्रसँग पनि भएको पैसा रित्तिसकेको छु,’ उनले भने, ‘अब देशको अर्थतन्त्र जोगाउन सरकारले आर्थिक संकटकाल लगाउन सक्छ।’



    उनले सबैतिर पैसा सकिएको बताउँदै संकट गम्भीर अवस्थामा पुगेको उल्लेख गरे। ‘बैंकमा तरलता छैन । व्यवसाय सुरु गर्न खोज्यो ऋण लिन बैंकसँग तरलता छैन । व्यवसायीसँग व्यवसाय गर्न पैसा छैन, हाम्रो अर्थतन्त्र कता जाँदै छ ?,’ दुगडले प्रश्न गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार