Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • पूर्वमन्त्री दुगडको कम्पनीले उत्पादन गरेको सेञ्चुरी मसला गुणस्तरहिन, ३ लाख जरिवाना

    पूर्वमन्त्री दुगडको कम्पनीले उत्पादन गरेको सेञ्चुरी मसला गुणस्तरहिन, ३ लाख जरिवाना

    सेन्चुरी ब्राण्डका मसलाहरु उपभोग गर्दा होशियार अपनाउन विभागकाे अनुरोध

    अनलाइन नेपाल
  • बुधबार, २१ बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना दुगड गु्रपको कम्पनी दुगड स्पाइसेज एण्ड फुड इण्डस्ट्रिज प्रालीमाथि कारबाही भएको छ । पूर्व उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री समेत रहेका मोतिलाल दुगडको उक्त कम्पनीले उत्पादन गरेको सेञ्चुरी मसलामा अखाध्य वस्तु भेटिएपछि बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको हो ।

    पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीका आर्थिक सल्लाहाकार एवम् नेकपा एमालेको उद्योग विभाग प्रमुख रहेका दुगडको कम्पनीलाई विभागले हदैसम्मको कारबाही गरेको जनाएको छ ।



    दुगडको कम्पनी दुगड स्पाइसेज एण्ड फुड इण्डस्ट्रिज प्रालीले अखाध्य वस्तु उत्पादन गरेको भन्दै बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ लाख रुपैयाँ जरिवाना गरेको भेटिएको हो ।



    विराटनगरस्थित उनको स्वामित्व रहेको दुगड स्पाइसेज एण्ड फुड इण्डस्ट्रिज प्रालीले उत्पादन गरेको सेन्चुरी मसलामा अखाध्य वस्तु भेटिएपछि विभागले हदैसम्मको जरिवाना गरेको हो ।

    मसलामा मिसावट भेटिएको भन्दै राष्ट्रिय उपभोक्ता मञ्च नेपालले २०७८ साउन २९ गते विभागमा उजुरी गरेको थियो । सोही उजुरीलाई आधार मानेर विभागले अनुसन्धान गर्दा गुणस्तरहित पाइएको भन्दै तीन लाख रुपैयाँ जरिवाना गरेको जनाएको छ ।

    बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २०७८ चैत १५ गते राष्ट्रिय उपभोक्ता मञ्चलाई पत्र लेख्दै बिगतमा पनि बिभिन्न अनुचित व्यापारिक कृयाकलाप गर्दै आएको उक्त दुगड स्पाइसेज एण्ड फुड इण्डस्ट्रिज प्रालिलाई कारबाही गरिएको जनाएको हो ।

    विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९ को उपदफा १ अनुसार तीन लाख रुपैयाँ जरिवाना गरेको जनाएको छ । त्यस्तै विभागले आगामी दिनमा गुणस्तरिय मसला उत्पादन गर्न समेत निर्देशन दिएको छ ।

    विभागले मञ्चलाई विवरण उपलब्ध गराएको पत्रमा भनिएको छ–‘यस मन्चले खाद्य गुणस्तर सम्बन्धी नियमन निकायको रुपमा रहेको श्री खाद्य प्रबिधि तथा गुणस्तर बिभागलाई मिति २०७८।१।४ मा आवश्यक कारवाहीको लागी मांग गरी सकेको र कारवाहीको क्रममा रहेको व्यहोरा सम्बन्धीत सबैमा अनुरोध गर्दै बिगतमा पनि बिभिन्न अनुचित व्यापारिक कृयाकलाप गर्दै आएको उक्त दुगड स्पाइसेज एण्ड फुड इण्डस्ट्रिज प्रालि बिराटनगर, मोरंङबाट उत्पादन हुने सेन्चुरी ब्राण्डका मसलाहरु उपभोग गर्दा होशियार रहनको लागि सबैमा अनुरोध गर्दछौं ।’

    पूर्वमन्त्री दुगडमाथि नेपालमा नुनको समेत अवैध कारोबार गर्दै आएको आरोप लाग्दै आएको छ । केपी शर्मा ओलीको पालामा मन्त्री बनेका र नेकपा एमालेलाई पार्टी कार्यालय राख्न घर उपलब्ध गराएका कारण उनी उक्त कारबाहीबाट बच्दै आएका छन् । दैनिक उपभोग्य सामान नुनको तस्करी गर्दै आएका दुगडमाथि सरकारले अहिलेसम्म कारबाही गर्ने आँट गरेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार