Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा मोतिलाल दुगड नियुक्त

    प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा मोतिलाल दुगड नियुक्त

    अनलाइन नेपाल
  • आइतबार, ४ माघ २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । सरकारले पूर्वराज्यमन्त्री मोतिलाल दुगडलाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा  नियुक्त गरेको छ ।

    उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रहेका दुगड संसद विघटन भएपछि भएको मन्त्रिपरिषद हेरफेरमा बहिर्गमनमा परेका थिए। प्रधानमन्त्री ओलीले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको स्थानमा दुगडलाई विशेष आर्थिक सल्लाहकार बनाएका छन् ।



    डा. खतिवडा अमेरिकाका लागि नेपालको राजदूत नियुक्त भएका छन् । उनी अमेरिका जाने भएसँगै दुगडलाई मन्त्रीसहरको सुविधा दिएर विशेष आर्थिक सल्लाहकार बनाइएको हो ।



    तत्कालीन नेकपा एमालेको तर्फबाट समानुपातिकबाट प्रतिनिधि सभामा सांसद भएका दुगडलाई ओलीले नै उद्योग राज्यमन्त्री बनाएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार