Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बेलायत सरकारले युक्रेनी शरणार्थी राख्नेलाई प्रतिमहिना ३५० पाउण्ड दिने

एजेन्सी । युक्रेनी शरणार्थीलाई हेरचाह गर्ने परिवारलाई प्रतिमहिना ३५० पाउण्ड दिने बेलायत सरकारले घोषणा गरेको छ ।

दोस्रो विश्वयुद्धपछि सबैभन्दा बढी युरोपमा शरणार्थीहरु बढ्ने आशङ्का भइरहेकोमा बेलायतमा खाली भएका घर र खाली कोठा दिनेहरुलाई सो रकम दिने बताइएको हो ।

बीबीसीद्वारा प्रकाशित समाचारमा ‘होम्स फर युक्रेनी’ अर्थात् युक्रेनीहरुका लागि घर भन्ने नयाँ स्किममा सरकारले युक्रेनी शरणार्थी राख्नेलाई सो रकम उपलब्ध गराइने उल्लेख छ ।

यो नीति अनुसार कम्तीमा छ महिनासम्म घर, कोठा वा सम्पत्ति दिने बेलायती परिवारलाई सरकारले रकम दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077