Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

माओवादीका चार संगठनद्वारा प्रकाश सपुतलाई धम्की

काठमाडौं । गायक प्रकाश सपुतको ‘पिर’ गीत सार्वजनिक भएसँगै चौतर्फी बहस सुरु भएको छ । यो गितको विषयलाई लिएर नेकपा माओवादी केन्द्रका कार्यकर्ता अकातिर र अर्को पक्ष एकातिर भएको छ । कसैले प्रकाशलाई बधाई दिइरहँदा कसैले गालीगलौज गर्नेदेखि सामाजिक बहिष्कार र युट्युबाट गीत हटाउन चेतावनी दिएका छन् ।

यस्तै यो गीतको म्युजिक भिडियो आपत्तिजनक भएको भन्दै सत्तारुढ नेकपा माओवादी केन्द्रनिकट चार संगठनले तत्काल युट्युबबाट हटाएर माफी माग्न सपुतलाई चेतावनी दिएका छन् । विवाद र चर्चाकाबीच गीतको भिडियो यतिबेला युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा छ ।

जनक्रान्तिका घाइते तथा अपांग योद्धा संघका इन्चार्ज दिपेन्द्रकुमार पुन, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का अध्यक्ष अमृता थापा मगर, जनसांस्कृतिक महासंघका अध्यक्ष मातृका पोखरेल र प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले संयुक्त विज्ञप्ति जारी गर्दै भनिएको छ,'जनमुक्ति सेनाले गरेको योगदानप्रति अपमान गर्दै जनयुद्ध नै विद्रुपीकरण गर्न खोजिएको उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको घटनाप्रति हामी घोर आपत्ति प्रकट गर्दै तत्काल युट्युब च्यानलबाट हटाउन जोडदार माग गर्दछौं ।'

भिडियोमा माओवादीका पूर्वलडाकुलाई आफ्नो जीवन धान्नका लागि देह व्यापार र परस्त्रीगमनमा लागेको भ्रमपूर्ण दृश्य देखाइएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077