Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विवादित बनेको सपुतको गीतमा बोले प्रचण्ड-'कोही उत्तेजित हुनुपर्ने जरूरी छैन'

कैलाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकाश सपुतले ल्याएको 'पिर' गीतबारे प्रतिक्रिया दिएका छन् ।

धनगढीस्थित विमान स्थलमा सोमबार विहान पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले कोही उत्तेजित हुनुपर्ने जरूरी नभएको प्रतिक्रिया दिएका हुन् ।

माओवादीकै केही नेता तथा भातृ संगठन वाइसिएल र अनेरास्ववियू क्रान्तिकारीले सपुतको उक्त गीत युट्युवबाट हटाउन चेतावनी दिएका बेला प्रचण्डले उत्तेजित हुनु नपर्ने बताए ।

‘मैले त्यो पुरै गीत हेर्न पाएको पनि छैन, अहिले हामी कोही उत्तेजित हुनुपर्ने पनि छैन,’ प्रचण्डले भने, ‘तर्क वितर्क हुन्छन्, पक्ष विपक्ष हुन्छन् । त्यसलाई स्वभाविक रूपले लिनुपर्छ ।’

जनयुद्धबाट शान्ति प्रक्रियामा आउनु ठिक थियो कि थिएन भन्नेमा पनि बहस भइरहने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077