Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

स्थानीय तहको चुनाव: एक लाख म्यादी प्रहरी भर्ना गरिँदै, तलबभत्ता ४० दिनको ४३ हजार

काठमाडौँ । नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनमा शान्ति सुरक्षालाई थप बलियो बनाउनका लागि एक लाख म्यादी प्रहरी भर्नाको प्रक्रिया सुरू गरेको छ।

प्रहरी प्रधान कार्यालय स्रोतकाका अनुसार म्यादी प्रहरीको आवेदन अबको एक हप्ता अर्थात् चैतको पहिलो सातामा माग्ने गरी काम भइरहेको छ। अहिले सम्बन्धित जिल्लामा मतदान केन्द्र कति छन्, तिनीहरूको विवरण लेखाजोखा भइरहेको प्रहरी स्रोतको भनाइ छ।

म्यादी प्रहरीका लागि ४ अर्ब ३९ करोड बजेट अर्थ मन्त्रालयले स्वीकृति दिइसकेको छ भने म्यादी ४० दिनका लागि भर्ना गरिने प्रहरीले जनाएको छ। ४० दिन भर्ना हुने म्यादी प्रहरीले तलब-भत्ता-राशन सबै जोडेर ४३ हजार पाउँछन्।

म्यादी प्रहरीका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीमा आवेदन दिएर मेडिकल पास गरेका मानिसहरू पहिलो प्राथमिकतामा छन्।

यस्तै, दोस्रो, प्राथमिकतामा पूर्वप्रहरी, सेनाबाट निवृत्त भएका वा जागिर छोडेका छन् भने तेस्रोमा विदेशी सुरक्षा निकायमा काम गरेर सेवा निवृत्त भएका वा बिचमै जागिर छोडेर आएका पर्छन्।

विगतमा म्यादी प्रहरीको कार्यावधि ५५ देखि ६० दिन (दुई महिना) को रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077