Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसदीय सुनुवाई समितिको बैठक: प्रस्तावित न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान

काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरिएको छ ।

सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदमा सिफारिस भएका विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी भए १० दिनभित्र दर्ता गर्न आह्वान गरेको हो ।

समितिका सभापति लक्ष्मणलाल कर्णका अनुसार संसदीय सुनुवाइको कार्यविधि अनुसार १० दिनको सूचना जारी गर्ने निर्णय गरिएको छ, यदी १० सम्म कुनै उजिरी नआए १० दिनपछि बैठकमा सुनुवाइको काम प्रारम्भ हुने छ ।

यो सूचना सर्वसाधारणलगायत सबै सरोकारवालाहरूलाई जारी गरिएको सभापति कर्णको भनाइ छ। उक्त सूचना भोलि मंगलबारबाट सरोकारवाला निकाय र आम नागरिकहरूमा जाने कर्णले बताए।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077