Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बैंकिङ कसुर मुद्दामा फरार राधा सीआईबीको फन्दामा

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाकी एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका- ६ घर भइ हाल भक्तपुर उपमहानगरपालिका -११ कमलविनायक बस्ने ४१ बर्षिया राधा
माताङ्गी रहेकी छन्।

सीआईबीका अनुसार माताङ्गीले सानिमा बैंकको सूर्य विनायक शाखामा रहेको आफ्नै नामको खाताबाट पर्याप्त रकम नभएको जान्दाजान्दै पनि रकम भुक्तान गर्नका लागि पीडितलाई चेक दिएकी थिइन् ।

[insert page='120647' display='yopanipadhnuhos.php']

माताङ्गीलाई उच्च अदालत पाटनबाट गत पुष २० गते बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा १९ लाख रुपैयाँ जरिवाना र ५ दिन कैद हुने ठहर गरेको थियो ।

माताङ्गीलाई सुर्यविनायक, भक्तपुरबाट पक्राउ गरिएको सीआईबीको भनाइ छ । उनलाई फैसला कार्यन्वयनका लागि जिल्ला अदालत ललितपुरमा बुझाइएको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077