Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आँखामा खुर्सानीको धुलो छर्की ४२ तोला सुन र १२ लाख रुपैयाँ लुटपाट, २ जना पक्राउ

काठमाडौं । सुन व्यवसायीको आँखामा खुर्सानीको धुलो छर्केर लुटेराको एक समूहले १२ लाख रुपैयाँ र ४२ तोला सुन लुटेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाण्डौका अनुसार यही फागुन २५ गते राति सवा १० बजेको समयमा काठमाण्डौ महानगरपालिका ७ चुच्चेपाटीमा व्यवसायीको आँखामा खुर्सानी हालेर कुटपिट गरी लुटपाट गरिएको हो ।

चाबहिलमा रहेको ओमशाही टञ्च सेन्टर सुन पसल बन्द गरी कोठा फर्कने क्रममा भारत महाराष्ट्र घर भई चुच्चेपाटी बस्ने ३४ वर्षीय अमोल भोस्लेमाथि यसरी लुटपाट भएको परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । प्रहरीको अनुसन्धानमा उनीहरूले तीन दिनदेखि त्यस घटनास्थल नजिकै रहेको एक क्याफेमा बसेर सुन व्यवसायीको गतिविधि निगरानी गरी योजनासमेत बनाएर लुटेका छन् ।

यसरी लुटपाटमा संलग्न भएकामध्ये अहिलेसम्म दुई जनालाई पक्राउ गरिएको परिसरले जनाएको छ । पक्राउ पर्नेमा दाङका महेश विश्वकर्मा र राजेन्द्र सिन रहेका छन् । अन्य फरार भएकाको खोजी भइरहेको जनाइएको छ ।

उनीहरूको साथबाट प्रहरीले एक लाख ६६ हजार रुपैयाँ र प्रयोग भएको मोटरसाइकल, खुँडा, तरबारलगायत सामग्री बरामद गरेको छ । काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीहरुमाथि प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077