Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुस र युक्रेनबीच चौथो चरणको शान्ति वार्ता भर्चुअल माध्यमबाट सुरु

एजेन्सी । रुस र युक्रेनबीच चौथो चरणको शान्ति वार्ता सुरु भएको छ ।

दुवै देशबीच भर्चुअल माध्यमबाट वार्ता भइरहेको बताइएको छ । युक्रेनका वार्ता टोलीका एक सदस्य मिखाइलो पोडोल्याकले वार्तास्थलबाट एउटा तस्बिर सार्वजनिक गदै चौथो चरणको वार्तामा प्रवेश गरेको र दुवै पक्षले आफ्नो अडान कायमै राखेको बताए ।

आजको वार्ता युद्धविराम, रुसी सेना फिर्ता र युक्रेनको सुरक्षा प्रत्याभूतिमा केन्द्रित हुने उनको भनाई छ । यसैबीच रुसले चीनसँग सैन्य सहयोग मागेको भन्ने अमेरिकी दाबीको चीनले खण्डन गरेको छ ।

बेइजिङमा भएको पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले रुस–युक्रेनको लडाइँमा चीनको भूमिकाबारे अमेरिकाले गलत नियत राखेर भ्रम फैलाइरहेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077