Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपाद्धारा तीन सदस्यीय हेडक्वार्टर गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले शीर्ष तीनजना नेतालाई समेटेर पार्टी ‘हेडक्वार्टर’ गठन गर्ने निर्णय गरेको छ ।

संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई सदस्य रहने गरी ‘हेडक्वार्टर’ गठन गरिएको हो ।

सोमवार बसेको केन्द्रीय समिति बैठकले कार्यकारिणी वा केन्द्रीय समिति बैठक बस्न नसक्ने र तत्काल निर्णय लिनुपर्ने अवस्था भएमा हेडक्वार्टरले निर्णय गर्नसक्ने छ ।

बैठकले निर्वाचन निर्देशिका समेत पारित गरेको छ । यसैगरी सांसद प्रदीप यादवलाई गरेको कारबाही फिर्ता लिने निर्णय समेत बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077