Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रुसले भन्यो-'चीनसँग कुनै पनि सैन्य सहयोग मागेका छैनौं'

एजेन्सी । युक्रेनमा आक्रमण जारी रहेको बेला चीनसँग कुनै पनि सैन्य सहयोग नमागेको रुसले स्पष्ट पारेको छ । युक्रेनमा एक्लै आफ्नै विशेष सैन्य कारबाही सञ्चालन गर्ने क्षमता रहेको पनि रुसले स्पष्ट पारेको हो । रुसले युक्रेनमाथिको आक्रमणलाई ‘विशेष सैन्य अभियान’ भनेको छ ।

रुसी सरकार प्रवक्ता दिमित्री पेस्कोभले चीनबाट सहयोग माग्ने प्रश्नमा स्पष्ट पार्दै युक्रेनमा रुसको विशेष सैन्य अपरेशन पूर्ण रुपमा सफल हुने पनि बताए। ‘यो पूर्ण रूपमा मूल तालिका अनुसार चलिरहेको छ,’ उनले भने।

रुसले युक्रेनको सैन्य कारबाही राष्ट्रपति भ्लादिमिर पुटिनको योजनाअनुसार नभइसकेको भन्दै अमेरिका र युरोपेली संघको टिप्पणीलाई पनि ध्यानमा राखेको बताइएको छ ।

यसैबीच, रुसी प्रवक्ता पेस्कोभले रुसले युक्रेनमा आफ्नो सैन्य कारबाही यसरी सर्वसाधारणको हताहत नहुने गरी योजना बनाएको बताएका छन् । ‘यो पनि योजना थियो, सेना किएभसहित ठूलो जनसंख्या भएको ठाउँहरूमा प्रवेश गर्नु हुँदैन,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077