Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

मुलुकका ११ विश्वविद्यालय सुधार्न अति नै जरुरी छ : शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मुलुकका ११ विश्वविद्यालय सुधार्न अति नै जरुरी रहेको बताएका छन् ।

गोदावरी नगरपालिका-११ मा अवस्थित जनभावना क्याम्पसको ३१औँ वार्षिकोत्सव तथा डिजिटल जुम स्टुडियो फर इन्टरनेशनल कन्फरेन्स एवं जेबिसी खबर डटकमको उद्घाटन गर्दै आज उनले त्रिभूवन विश्वविद्यालयअन्तर्गत क्याम्पसलाई समयमै सुधार नगरे गुणस्तरीय शिक्षा प्रदान गर्न कठिन हुने गुनासो गरे ।

उनले भने, ‘यहाँका विश्वविद्यालय सुधार गर्न सरकार मात्रै नभएर सामूहिकरूपमा अघि बढ्नुपर्ने देखिन्छ । शिक्षालाई परम्परागतरूपमा मात्रै नभएर प्रविधिमार्फत पनि अघि बढाउनुपर्ने भएको छ ।’

शिक्षा सुधारका लागि आफूहरूले चार ऐन बनाएर विभिन्न निकायमा छलफलका लागि पठाएको उनको भनाइ छ । मुलुकमा अघि बढिरहेको माध्यमिक शिक्षा सुधारका लागिसमेत मन्त्रालयले काम अघि बढाइरहेको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077