Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस महामन्त्री थापाले भने-'पार्टीभित्र उच्च स्तरीय एकता आवश्यक छ'

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र उच्च स्तरीय एकता आवश्यक रहेको बताएका छन् ।

नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ ले आज कोहलपुरमा आयोजना गरेको आमसभामा महामन्त्री थापाले अभूतपूर्व एकताका साथ स्थानीय चुनावमा होमिन पार्टी पङ्क्तिलाई आह्वान गरेका हुन् ।

काँग्रेसलाई चुनावी तालमेल गर्न आवश्यक नरहेको भन्दै उनले नेता कार्यकर्ताले पनि पार्टी नेतृत्वलाई भरोसा दिलाउन सक्नुपर्ने बताए ।

महामन्त्री थापाले एमसीसीका बारेमा भ्रम फैलाइएको बताउँदै एमसीसी विशुद्ध अनुदान सहयोग भएको स्पष्ट पारे । उनले एमसीसी राष्ट्रको हितमा रहेकाले कांग्रेस एमसीसीको पक्षमा उभिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077