Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

‘हाइकमान्ड’ समिति गठन गरेसँगै जसपामा तत्कालका लागि विवाद साम्य

काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) मा देखिएको समस्या तत्कालका लागि साम्य भएको छ । पार्टीले तीन सदस्यीय 'हाइकमान्ड' समिति गठन गरेसँगै विवाद साम्य भएको हो ।

सोमबार काठमाडौंमा सम्पन्न केन्द्रीय समिति बैठकले तीन सदस्यीय हाइकमान्ड समिति गठन गर्ने निर्णय गरेको हो । केन्द्रीय समिति बैठक बस्नुअघि बसेको संघीय परिषद् बैठक, कार्यकारिणी समिति बैठकले तीन सदस्यीय समिति गठन गर्नेबारेमा छलफल गरेको थियो।

जसपा नेता मोहम्मद इस्तियाक राईले संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई रहने तीन सदस्यीय समिति गठन भएको बताए।

संघीय परिषद्, केन्द्रीय समिति, कार्यकारिणी समिति तत्काल बस्न नसक्ने अवस्थामा यो समितिले बैठक बसेर निर्णय गर्न सक्ने छ । तत्काल कुनै विषयमा छलफल वा निर्णय गरेर अगाडि बढ्ने विषयमा तीन सदस्यीय समितिले निर्णय गरेर लागू गर्ने अधिकार रहेको राईले बताए । राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077