Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेन र रुसबीचको चौँथो चरणको शान्तिवार्ता पनि निष्कर्षविहीन, फेरि छलफल हुँदै

एजेन्सी । चौँथो चरणसम्मको शान्तिवार्ता निष्कर्षविहीन बनेपछि मंगलबार रुस र युक्रेनका प्रतिनिधिहरूबीच पुनः छलफल हुने भएको छ ।

युक्रेनले युद्धविरामका लागि निरन्तर आग्रह गरिरहेको तर रुसले भने थुप्रै युक्रेनी सहरमा बमबारी जारी राखेको युक्रेनी राष्ट्रपति कार्यालयका प्रवक्ताले जनाएका छन् ।

यसै क्रममा राजधानी किभको एउटा आवासीय क्षेत्रमा भएको रुसी क्षेप्यास्त्र आत्रमणको कारण एक व्यक्तिले ज्यान गुमाएका छन् । साथै आइतबार पोल्यान्ड नजिकको एउटा सैनिक अखडामा रुसी फौजले गरेको आक्रमणले नेटोलाई तर्साउने प्रयास गरेको छ ।

बेलायती रक्षा मन्त्रालयले ब्ल्याक सिको तटीय क्षेत्रलाई नियन्त्रणमा लिएर रुसी नौसैनिक फौजले युक्रेनको जलमार्गबाट हुने व्यापार व्यवसाय अवरुद्ध बनाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077