Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जसपा केन्द्रीय सदस्य रिजालको कृषि फार्ममा विस्फोटक पदार्थसहित धम्कीपूर्ण पत्र

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको केन्द्रीय सदस्य हरि रिजालको कृषि फार्ममा विष्फोटक पदार्थ राखेको पाइएको छ । जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एक ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन् । साथै उनलाई धम्कीपूर्ण पत्र पनि पठाइएको अध्यक्ष भट्टराईले बताए । एमसीसीको बहानामा यसो गरिएको हुन सक्ने आशंका भट्टराईले गरेका छन् । घटनाको निन्दा गर्दै उनले आफ्ना केन्द्रीय सदस्य रिजाल, उनका सहकर्मी तथा परिवारको सुरक्षाका लागि सरकारसँग माग गरेका छन् । ‘जसपा केन्द्रीय सदस्य हरि रिजालको दाङस्थित कृषि फार्ममा विस्फोटक पदार्थ राख्ने, धम्कीपूर्ण पत्र पठाउने कार्य जो कसैले गरेको भए पनि निन्दनीय छ’, डा. भट्टराईले मंगलबार बिहान भनेका छन्, ‘एमसीसी वा कुनै पनि बहानामा यस्ता आपराधिक कार्य गर्ने उपर राज्यले तुरुन्त कारबाही गरोस् र नेता रिजाल, उहाँका सहकर्मी र परिवारको सुरक्षा गरोस्।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077