Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

युक्रेन संकट: रुसको आधिकारिक च्यानलका कर्मचारीले गरे समाचारमै विरोध

एजेन्सी । रुसको सरकारी टेलिभिजन च्यानलमा साँझको कार्यक्रमको क्रममा एक महिला अचानक हातमा युद्ध विरोधी पोस्टर लिएर समाचार एङ्करको पछाडि उभिइन्।

पोस्टरमा लेखिएको थियो, 'युद्ध छैन, युद्ध बन्द गर, प्रचारमा विश्वास नगर्नुहोस्, यी मानिसहरू तपाईलाई झुटो बोलिरहेका छन्।' उक्त महिलाको नाम मारिना ओभ्स्यानिकोवा भनिएको छ, जो उक्त च्यानलकी सम्पादक हुन् ।

रूसमा टेलिभिजन समाचारहरू सरकारले नजिकबाट निगरानी गरिरहेको छ र युक्रेनको बारेमा रूसी पक्ष मात्र देखाइन्छ। ओभ्स्यानिकोवा अहिले प्रहरी हिरासतमा रहेको बीबीसीले उल्लेख गरेको छ।

कार्यक्रमको क्रममा ओभ्स्यानिकोभाले 'युद्ध गर्न होइन, युद्ध रोक्नुहोस् !' भनेको सुन्न सकिन्छ। तर, त्यसको केही समयपछि कार्यक्रमका निर्देशकले कार्यक्रम बीचमै रोकेर रेकर्ड गरिएको कार्यक्रम बजाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077