Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्रिप्टोकरेन्सी प्रकरण: राजश्व अनुसन्धानद्वारा ९ करोड ७४ लाख बिगो माग्दै दुई जनाविरूद्ध मुद्दा दायर

काठमाडौँ । राजश्व अनुसन्धान विभागले गैरकानुनी तरिकाले डलर सटही तथा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा दुई जनाविरूद्ध भ्रष्टाचारको मुद्धा दायर गरेको छ।

विभागले मंगलबार ९ करोड ७४ लाख ६९ हजार ९८३ रुपैयाँ बिगो माग गर्दै उनीहरुविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

मुद्दा दायर गरिएका व्यक्तिमा मोरङ रतुवामाई नगरपालिका-७ का २८ वर्षीय पुष्कर श्रेष्ठ र २३ वर्षीया विनिता लिम्बु रहेका छन्।

उनीहरूले सामूहिक रूपमा मोबाइल एप वान एक्स बेट, बाइनान्स, एडिभी क्यास, क्वाइनबेस, प्याक्सफुल प्रयोग गरी डलर विनिमय गरेको अनुसन्धानबाट खुलेको विभागको दावी छ।

विभाग स्रोतका अनुसार यी एपहरू विदेशी हुन् । ती एपबाट उनीहरूले अमेरिकी डलर सटही र क्रिप्टोमा लगानीकर्ताको रूपमा रहेर नेपालका बैंकबाट ठूलो रकम विनिमय गराएको खुलेको छ।

उनीहरुमध्ये पुष्करले मेगा बैंकबाट ८४ लाख ८३ हजार ४२९, सिटिजन्स बैंकबाट दुई करोड ५१ लाख ७६ हजार ९९, एनआइसी एसिया बैंकबाट १ करोड ८२ लाख ४९ हजार ८८९ र राष्ट्रिय वाणिज्य बैंकबाट २ करोड ३६ लाख ६२ हजार ५३९ गरी ७ करोड ५७ लाख ७१ हजार ९५८ रुपैयाँ विनिमय गराएको विभागले जनाएको छ ,

यस्तै, लिम्बुले एनआइसी एसिया बैंकबाट दुई करोड १६ लाख ९८ हजार २४ रुपैयाँ विनिमय गराएको पाइएको छ।

श्रेष्ठ र लिम्बुले विदेशी विनिमय (नियमित गर्ने) ऐन, राष्ट्र बैंकले निषेधित गरेको कसुर पुष्टि गरेको देखिएकाले बिगो जफत र तीन वर्षसम्म कैद सजाय माग गरिएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077