Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

युक्रेनको खेअर्सन क्षेत्र कब्जामा लिइएको रुसको दावी

एजेन्सी । रुसको रक्षा मन्त्रालयका एक प्रवक्ताले युक्रेनको दक्षिणी खेअर्सन क्षेत्र रुसी सेनाको पूर्ण नियन्त्रणमा आएको दाबी गरेका छन्।

तर इगोर कोनाशेन्कोभको उक्त दाबीको स्वतन्त्र पुष्टि भने नभएको बीबीसीले उल्लेख गरेको छ।

इन्टर्फ्याक्स-एभीएन समाचारसंस्थाले उनलाई उद्धृत गर्दै रुसले खेअर्सन आफ्नो कब्जामा लिएको समाचार प्रकाशित गरेको छ।

केही दिनअघि खेअर्सनवासीहरूले रुसी अतिक्रमणको विरोधमा प्रदर्शन गरेका थिए। उनीहरूलाई चेतावनी दिन रुसी पक्षले हावामा गोली चलाएको देखिएको थियो।

आवासीय भवनमा हवाई आक्रमण हुँदा दुई जनाको मृत्यु

हवाई आक्रमणका कारण आवासीय भवनहरू नराम्ररी क्षतिग्रस्त भएका छन् ।

युक्रेनको आपत्कालीन सेवा प्रदान गर्ने निकायले किएभस्थित एउटा आवासीय भवनमा रुसले हवाई आक्रमण गर्दा दुई जनाको मृत्यु भएको जनाएको छ।

त्यहाँबाट ३५ जनाको उद्धार गरिएको थियो।

रुसले सोमवार राति रुसले गरेका आक्रमणहरूमा परेर क्षति पुगेका भवनहरूको सूची किएभ नगर प्रशासनले प्रकाशित गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077