Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एक लाख म्यादी प्रहरीको भर्ना खुल्यो, १८देखि ५४ वर्षसम्मकाले आवेदन दिन पाउने (विज्ञापनसहित)

काठमाडौं । नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलाएको छ ।

मंगलबार प्रहरी प्रधान कार्यालयले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एक लाखको संख्यामा म्यादी प्रहरी भर्नाका लागि सूचना जारी गरेको हो ।

म्यादी प्रहरीका लागि ६ चैत्रदेखि ११ चैत्रसम्म आवेदन दिन सकिनेछ । १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिन सक्नेछन् ।

हेर्नुहोस् सूचना:

म्यादी प्रहरीका लागि ४ अर्ब ३९ करोड बजेट अर्थ मन्त्रालयले स्वीकृति दिइसकेको छ भने म्यादी ४० दिनका लागि भर्ना गरिने प्रहरीले जनाएको छ। ४० दिन भर्ना हुने म्यादी प्रहरीले तलब-भत्ता-राशन सबै जोडेर ४३ हजारको हाराहारीमा पाउँछन्।

म्यादी प्रहरीका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीमा आवेदन दिएर मेडिकल पास गरेका मानिसहरू पहिलो प्राथमिकतामा छन्।

यस्तै, दोस्रो, प्राथमिकतामा पूर्वप्रहरी, सेनाबाट निवृत्त भएका वा जागिर छोडेका छन् भने तेस्रोमा विदेशी सुरक्षा निकायमा काम गरेर सेवा निवृत्त भएका वा बिचमै जागिर छोडेर आएका पर्छन्।

विगतमा म्यादी प्रहरीको कार्यावधि ५५ देखि ६० दिन (दुई महिना) को रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077