Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

युक्रेन संकट : राजधानी किएभमा लाग्यो ३५ घन्टा लामो कर्फ्यु

एजेन्सी । खतरनाक क्षणको चेतावनी दिँदै युक्रेनको राजधानी कीभमा ३५ घण्टे कर्फ्यु लगाइएको छ ।

कीभका मेयर भिटाली क्लिट्स्कोले कठिन अवस्था आएको भन्दै राजधानीमा ३५ घण्टाको कर्फ्यु घोषणा गरेका हुन् ।

रूसी हवाई हमलाले रातभर एउटा मेट्रो स्टेशन र आवासीय भवनहरूमा आक्रमण गर्दा चार जनाको मृत्यु भएको थियो।

यस्तै, रूसी सेनाले मारिउपोलको एक अस्पतालभित्र डाक्टर र बिरामीसहित ४०० जनालाई बन्धक बनाएर राखेको डेपुटी मेयरलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

मंगलबार मात्रै करिब २० हजार मानिसहरुले शहर छाड्न सफल भएको एक वरिष्ठ युक्रेनी अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077