Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पपुवा न्युगिनीविरुद्ध पहिले बलिङ गर्दै नेपाल, यस्तो छ नेपालको प्लेइङ-११

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध बलिङ गर्ने भएको छ।

बुधबार शारजाह क्रिकेट स्टेडियममा सम्पन्न टसमा पपुवा न्युगिनीका कप्तान असाद भालाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएसँगै नेपालले पहिले बलिङ् गर्ने भएको हो।

नेपालको खेलमा स्पिनर सागर ढकालले डेब्यू गरेका छन् । सागरले अघिल्लो महिना ओमानविरुद्ध टि२० आईमा डेब्यू गरेका थिए । सागरले २ टि-२० आईमा १ विकेट लिएका छन् ।

आजको पहिलो खेलमा नेपाल;ए पपुवा न्युगिनीमाथि सहज जित निकाल्दै अंक तालिकामा महत्वपूर्ण २ अंक थप्न चाहन्छ । पपुवा न्युगिनी विश्वकप लिग–२ मा पहिलो जित निकाल्ने सोचमा छ । तुलनात्मक रुपमा पपुवा न्युगिनी विश्वकप लिग–२ को सबैभन्दा कमजोर टोली हो । पहिलो खेलमा युएईसँग ७ विकेटले पराजित भएको थियो । १३ खेल खेल्दा जित विहीन छ । नेपाल ८ खेलमा ४ मा जित र ४ मा हारका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी १३ खेलमानै पराजित हुँदै पुछारमा छ ।

नेपालको प्लेइङ ११ :

ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, विनोद भण्डारी(विकेटकिपर), आरिफ शेख, करण केसी, रोहित कुमार पौडेल, सागर ढकाल, सन्दीप लामिछाने (कप्तान) र सोमपाल कामी ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077