Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डडेल्धुरामा गोली लागेर ४५ वर्षीय पुरुषको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा गोली लागेर एक जनाको मृत्यु भएको छ ।

मङ्गलबार राति गन्यापधुरा गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जङ्गली जनावर मार्नका लागि भरुवा बन्दुकको पासो थापेका गन्यापधुरा–४ का ४५ वर्षीय दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दलबहादुरको डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको हो । मृत्तकको शव अस्पतालमा राखिएको बताइएको छ ।

त्यस्तै घटनामा संलग्न रहेको हुनसक्ने भन्दै प्रहरीले अन्य चार जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । नियन्त्रणमा लिइएकाको परिचय भने प्रहरीले खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077