Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पपुवा न्युगिनीले दियो नेपाललाई २०५ रनको बिजयी लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई २०५ रनको मध्यम लक्ष्य दिएको छ।

बुधबार शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै २०४ रन बनायो। पीएनजीका लागि चार्लस एमिनीले सर्वाधिक ५९ रनको योगदान दिए।

यस्तै, ओपनरद्वय टोनी उरा र लेगा शिखाले क्रमश २७ र २५ रन जोड्दा ओपनर आसद भेलाले १९ रन जोडे । यसैगरी चाड सुपरले ३५ रन बनाउँदा नोरमान भानुवाले २३ रनको मध्यम पारी खेले।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। यस्तै, कप्तान सन्दीप लामिछाने, पूर्वकप्तान ज्ञानेद्र मल्ल र आरिफ शेखले समान एक-एक विकेट लिए।

नेपालले अबको केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ। आजको पहिलो खेलमा नेपाल;ए पपुवा न्युगिनीमाथि सहज जित निकाल्दै अंक तालिकामा महत्वपूर्ण २ अंक थप्न चाहन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077