Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राजश्व अनुसन्धानद्वारा सौगात इन्टरनेशनलका प्रोप्राइटरसहित तीन जनाविरूद्ध मुद्दा दायर

काठमाडाैं । राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा सौगात इन्टरनेशनलका प्रोप्राइटरसहित तीन जनाविरूद्ध मुद्दा दायर गरेको छ ।

विभागले बुधबार कर छलेको आरोपमा कम्पनिका प्रोप्राइटर दीपककुमार देउजा, खाता सञ्चालक मोहनप्रसाद भट्टराई र लेखापरीक्षक सुनिलमान शाक्यविरूद्ध उच्च अदालत पाटनमा सोह्र करोड बढी बिगो माग्दै मुद्दा दायर गरेको हाे।

विभाग स्रोतका अनुसार उनीहरूमाथि बिगो र उतिनै बराबरको जरिवाना गरी १६ करोड ४३ लाख ४५ हजार २८२ मागदाबी लिएर मुद्दा दायर गरिएको हाे ।

सौगात इन्टरनेशनलले जालसाजीपूर्वक आठ करोड २१ लाख ७२ हजार ४४१ रुपैयाँ बराबरको राजश्व छलेको विभागको दावी छ। नक्कली तथा झुटा मूल्य अभिवृद्धि कर बिजक लिएर वित्ती विवरण, आय विवरण तयारी गरी मूल्य अभिवृद्धि कर र आयकर छलेको अनुसन्धानमा खुलेको छ।

अनुसन्धानमा मूअकर २ करोड ५२ लाख १४ हजार ३९५ र आयकर ५ करोड ६९ लाख ५८ हजार २४६ रुपैयाँ छलेको भेटिएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077