Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

होलीमा टेलिकमले ल्यायो आकर्षक अफर, मात्र ६९ रुपैयाँमा २४ घण्टा अनलिमिटेड डाटा

काठमाडौं । नेपाल टेलिकमले होली पर्वका अवसरमा विषेश अफर ल्याएको छ ।

टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर ल्याएको हो । यो अफर भोलि अर्थात् चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो अफर अन्तर्गत ६९ रुपैयाँमा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा, ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिन र २९४ रुपैयाँ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुने टेलिकमले जनाएको छ ।

यसका लागि *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । यो अफरको अवधि १५ दिनसम्म कायम रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077