Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनी राष्ट्रपतिद्धारा अमेरिकी संसदलाई सम्बोधन, रुसविरुद्ध थप प्रतिबन्धहरू लगाउन माग

एजेन्सी । युक्रेन राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले अमेरिकी कङ्ग्रेसलाई सम्बोधन गरेका छन् ।

उनले युक्रेनलाई सहयोग गरेकोमा अमेरिकालाई धन्यवाद दिएका हुन् । युक्रेनमाथि रुसी आक्रमण अन्त्यका लागि रुस विरुद्ध थप प्रतिबन्धहरू लगाउन अमेरिकासँग उनले माग गरे ।

उनले रुसका सबै राजनीतिज्ञहरू विरुद्ध प्रतिबन्ध लगाउन आग्रह गरेका छन् । जेलेन्सकीले सबै अमेरिकी कम्पनीहरूलाई रुसबाट फिर्ता बोलाउन समेत सुझाएका छन् ।

सम्बोधन कै क्रममा जेलेन्स्कीले पर्ल हार्बर ट्विन टावरमा भएको आक्रमण सम्झँदै अहिले आफ्नो देशले दिनदिनै त्यस्तै आक्रमण भोगिरहेको बताएका थिए ।

उनले रूसी आक्रमणपछिको युक्रेनको अवस्था समेटिएको निकै हृदयविदारक भिडिओ पनि देखाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077