Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जापानमा शक्तिशाली भूकम्प, विद्युत आपूर्ति अवरुद्ध

एजेन्सी । जापानमा ७ दशमलव ३ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ ।

जापानको फुकुसिमाको तटीय क्षेत्रभन्दा बाहिर केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भूकम्पपछि राजधानी टोकियोको केही क्षेत्रमा बिजुली आपूर्ति अवरुद्ध भएको छ ।

फुकुसिमामा २०११ मा ९ म्याग्नेच्युटको शक्तिशाली भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077