Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रुस-युक्रेन युद्ध : भीषण भिडन्तमा चौथो रुसी जनरल मारिएको युक्रेनी दाबी

एजेन्सी । युद्ध सुरु भएयता चौथो रुसी जनरल मारिएको युक्रेनले दाबी गरेको छ ।

मारिओपोल क्षेत्रमा भएको भीषण भिडन्तमा रुसी मेजर जनरल अलेक मित्याभको मृत्यु भएको टेलिग्राममा किएभको आन्तरिक मामिला मन्त्रालयका सल्लाहकार एन्टोन जेरास्चेन्कोले जानकारी दिए ।

जेरास्चेन्कोले मारिएका जनरलको भनिएको तस्बिरसमेत पोस्ट गरेका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि रुसी जनरल मारिएको बताए पनि नाम उल्लेख गरेका थिएनन्।

रुसी जनरल मारिनुमा मस्कोले उच्च सैनिक कमान्डरहरूलाई अग्रपङ्क्तिबाट युद्ध लड्न दबाव दिएको हुनसक्ने सङ्केत मिलेको युक्रेनी अधिकारीहरूले आकलन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077