Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

होलीलाई व्यवस्थित र मर्यादित बनाउन उपत्यकामा १३ सय बढी ट्राफिक प्रहरी खटाइयो

काठमाडौं । रङहरूको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौं उपत्यकामा १३ सय बढी ट्राफिक प्रहरी खटाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा होली सुरक्षाका लागि १ हजार ३ सयभन्दा बढी ट्राफिक प्रहरी खटाएको हो । ती ट्राफिक प्रहरीले उपत्यकाका ६८ स्थानमा चेकजाँच गर्नेछन् ।

महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष चेकजाँचको व्यवस्था मिलाएको र बिहानैदेखि मापसे परीक्षण कडाईका साथ सुरु गर्ने जनाएको हो ।

होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली पर्व बनाउन महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी जनशक्ति परिचालन गरिएको भनेको छ ।

तीव्र गति र ‘जिगज्याग’ गरी मोटरसाइकल चलाउने, जाँड रक्सी खाएर गाडी चलाउने, मोटरसाइकलमा हेल्मेट नलगाउने, मोटरसाइकलमा दुई जना चढ्ने, गाडीको प्रयोग गरी महिलालाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्नेलाई कारबाही गरिने प्रहरीले जनाएको छ ।

यस्तै ठूलो आवाज निकाल्ने र ‘मोडिफाइ’ गरी गाडी चलाउने र ट्राफिक नियम विपरीत गाडी चलाउनेमाथि विशेष निगरानी राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077