Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज फागु पूर्णिमा : हिमाली र पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदै

काठमाडौं । आज देशका हिमाली तथा पहाडी क्षेत्रमा होली पर्व मनाइँदै छ ।

आपसी मेलमिलाप र सद्भावनाको सन्देशसहित एकापसमा रङ दलेर शुभकामना आदान-प्रदान गरेर होली मनाइन्छ ।

शिशिर ऋतुको अन्त्य र वसन्त ऋतुको आगमनको रूपमा लिइने होलीलाई फागु पनि भनिन्छ । नेपालको तराईमा भने होली एकदिनपछि खेलिन्छ।

यस्तै पुरानो वर्षको अन्त्य र नव वर्षको आरम्भको समय पनि होलीलाई नै लिने गरिन्छ ।

आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रङ, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लहासका साथ मनाइने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077