Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अधिकृतमा नाम निकाल्ने वित्तिकै सहायक सीडीओकाे जिम्मेवारी पाउने यी ८ भाग्यमानीहरू

काठमाडौँ । सरकारले १ सय ६ जना शाखा अधिकृतहरुको पदस्थापन गरेको छ ।

गृह मन्त्रालयले दिएको जानकारी अनुसार भर्खरै लोक सेवामा नाम निकालेर सेवा प्रवेश तालिम लिएकाहरूको पदस्थापन गरिएको हो।

बुधबार मन्त्रालय अन्तर्गत अतिरिक्त समूहमा जगेडामा राखिएका अधिकृतहरुलाई जिल्ला प्रशासन, इलाका प्रशासन, कारागार व्यवस्थापन र अध्यागमन कार्यालयमा पदस्थापन गर्ने निर्णय गरेको हो ।

पदस्थापन हुनेहरुमध्ये ८ जनाले सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी समेत पाएका छन्।

जसमा कालिकोटमा कोमलप्रसाद प्याकुरेल, प्यूठानमा रामप्रसाद घिमिरे, बाजुरामा लोकेन्द्रबहादुर विष्ट, हुम्लामा अनुपम पौडेल, रुकुपपूर्वमा हिरालाल आचार्य, डोल्पामा कृष्ण बस्याल र बझाङमा प्रमोदबहादुर चन्द र दार्चुलामा हेमन्ती साउदको पदस्थापन गरिएको छ।

हेर्नुहोस् पदस्थापन हुनेहरुको सूची:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077