Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कक्षा १२ को परीक्षा जेठको दोस्रो सातादेखि सञ्चालन हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठको दोस्रो सातादेखि सञ्चालन गर्ने भएको छ ।

शुक्रबार बस्ने बोर्डको बैठकले परीक्षाको समय तालिका सार्वजनिक गर्ने स्रोतले अनलाइन नेपाललाई बतायो।

'भोलि बस्ने बोर्डको बैठकले जेठको दोस्रो सातादेखि परीक्षा सञ्चालन गर्न प्रस्ताव गरेको छ,' स्रोतले अनलाइन नेपालसँग भन्यो, 'बैठकले स्वीकृत गरेपछि परीक्षाको तालिका सार्वजनिक गरिने छ।'

बोर्डले यस वर्षको प्रश्नपत्र पनि गत बर्षझैं परीक्षा केन्द्रहरुमा अनलाइन माध्यमबाट नै पठाउने तयारी गरेको छ । कोरोना महामारीका कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र अनलाइनमार्फत् पठाउन थालेको हो ।

अनलाइन माध्यमबाट पठाउने प्रश्नपत्र परीक्षाकेन्द्रले आफैं प्रिन्ट गर्नुपर्नेछ । यसबर्ष करिब ४ लाख विद्यार्थीहरुले परीक्षा दिने बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077