Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यौन धन्दा सञ्चालन गर्ने होटलमा प्रहरीको छापा : ४ होटल व्यवसायी र संलग्न ९ युवती पक्राउ

धनगढी । कैलालीको धनगढीमा बजारमा रहेका होटलहरुमा प्रहरीले छापा मारेको छ । यौन धन्दा भइरहेको छ भन्ने विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीको टालीले धनगढी बजार क्षेत्रमा सञ्चालमा रहेका चार वटा होटेलमा छापा मारेको हो ।

ती होटलमा छापा मार्दा यौन धन्दा सञ्चालन गराउने चार होटल व्यवसायीसहित यौन धन्दामा संलग्न ९ जना युवतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

उनका अनुसार धनगढी उपमहानगरपालिका-१ एलएन चोक स्थित शाही होटल प्यालेश, वडा नम्बर ३ ट्राफिक चोकस्थित सनराईज होटल र बुढिनन्दा बाजुरा होटल र वडा नम्बर ८ क्याम्पस चोकस्थित प्रिन्स होटलमा प्रहरीले छापा मारेको हो ।

उनीहरु सबै जनामाथि कार्यालयमा ल्याई आवश्यक अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077