Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • यौन धन्दा सञ्चालन गर्ने होटलमा प्रहरीको छापा : ४ होटल व्यवसायी र संलग्न ९ युवती पक्राउ

    यौन धन्दा सञ्चालन गर्ने होटलमा प्रहरीको छापा : ४ होटल व्यवसायी र संलग्न ९ युवती पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ३ चैत्र २०७८
  • 2.7K
    SHARES

    धनगढी । कैलालीको धनगढीमा बजारमा रहेका होटलहरुमा प्रहरीले छापा मारेको छ । यौन धन्दा भइरहेको छ भन्ने विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीको टालीले धनगढी बजार क्षेत्रमा सञ्चालमा रहेका चार वटा होटेलमा छापा मारेको हो ।

    ती होटलमा छापा मार्दा यौन धन्दा सञ्चालन गराउने चार होटल व्यवसायीसहित यौन धन्दामा संलग्न ९ जना युवतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।



    उनका अनुसार धनगढी उपमहानगरपालिका-१ एलएन चोक स्थित शाही होटल प्यालेश, वडा नम्बर ३ ट्राफिक चोकस्थित सनराईज होटल र बुढिनन्दा बाजुरा होटल र वडा नम्बर ८ क्याम्पस चोकस्थित प्रिन्स होटलमा प्रहरीले छापा मारेको हो ।



    उनीहरु सबै जनामाथि कार्यालयमा ल्याई आवश्यक अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार