Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पुटिन युद्ध अपराधी भएको बलियो प्रमाण भएको यूकेका विदेशमन्त्री ट्रसको दाबी

एजेन्सी । यूकेका विदेशमन्त्री लिज ट्रसले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अपराधी भएको धेरै बलियो प्रमाण भएको बताएकी छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले पुटिनलाई यसअघि युद्ध अपराधीको सङ्ज्ञा दिएका थिए । त्यसले कूटनीतिक तनाव बढाउने सम्भावना देखिएको छ।

बीबीसी रेडिओ फोरको वुमन्स आवरमा सोधिएको एउटा प्रश्नमा ट्रसले बाइडनले त्यसो भन्नु गल्ती नभएको आफूलाई लागेको बताइन्।

'उनी युद्ध अपराधी भएको धेरै, धेरै बलियो प्रमाण छ,' उनले भनिन् । 'युद्ध अपराधहरू गरिएको धेरै, धेरै बलियो प्रमाण छ अनि त्यसका पछाडि पुटिन छन् ।'

उनका अनुसार युद्ध अपराध अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले छिनोफानो गर्ने विषय भएको र हाम्रा लागि प्रमाण ल्याउनु अहिले आफूले गर्न सक्ने राम्रो काम हो।

पुटिनलाई ती अपराधप्रति उत्तरदायी यूकेले त्यस्तो प्रमाण सङ्कलन गरिरहेको उनको भनाइ छ। बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077