Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेन संकट : रूससँग वार्ताका लागि युक्रेनी राष्ट्रपतिले अगाडी सारे यी ६ वटा सर्त

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँगको शान्ति वार्ताका लागि ६ वटा सर्त अगाडि सारेका छन् ।

राष्ट्रका नाममा सम्बोधन गर्दै उनले युक्रेन शान्ति वार्ताका लागि तयार रहेको तर आफ्ना ६ वटा सर्त सम्बोधन हुनुपर्नेमा जोड दिए ।

रूसले युद्ध अन्त्य गर्नुपर्ने युक्रेनको पहिलो सर्त रहेको छ । त्यसैगरी सुरक्षाको सुनिश्चितता, स्वाधीनता, क्षेत्रीय भौगोलिक अखण्डताको पुनर्स्थापना, देशको वास्तविक सुनिश्चितता र वास्तविक रूपमै देशको संरक्षण हुनुपर्ने राष्ट्रपति जेलेन्स्कीले बताए ।

रूसले युक्रेनमा आक्रमण सुरु गरेको केही दिनपछि दुई पक्षका बीचमा शान्ति वार्ता सुरु भएको थियो । तर यसअघिका वार्ता परिणाममुखी हुन भने सकेनन् । गएको सोमवार चौथो चरणमा पछिल्लो वार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077