Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हेटौंडाबाट चितवन आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते

हेटौंडा । मकवानपुरको मनहरीमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। साथै, ९ जना घाइते रहेका छन्।

मृत्यु हुनेमा नुवाकोट तारकेश्वर नगरपालिका-४ का २२ वर्षीय सुवास श्रेष्ठ र सोही ठाउँका २९ वर्षीय शम्भु दराई मगर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार बिहान हेटौंडाबाट चितवन जाँदै गरेको बा४ख ४४५४ नम्बरको यात्रुबाहक बस मनहरी नगरपालिका-६ मा दुर्घटना भएको हो।

घाइतेहरूलाई उपचारका लाथि चितवनस्थित अस्पताल पठाइएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077