Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

यूएईविरूद्ध नेपालले पहिला बलिङ गर्ने, विनोदको स्थानमा कमलसिंहले पाए मौका

काठमाडौँ । आईसीसी विश्वकप लिग-२ क्रिकेटमा यूएईविरूद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ ।

शुक्रबार यूएईले दुबई अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेसंगै नेपालले बलिङ गर्ने भएको हो।

यसअघि भएको आफ्नो पहिलो खेलमा यूएई र नेपाल दुबैले  पपुवा न्यु गिनीलाई पराजित गरेको थियो ।

शारजहाँमा पपुवा न्यु गिनीविरूद्ध यूएईले ७ विकेटले र नेपालले २ विकेटको विजय हात पारेको थियो ।

नेपालले विकेटकिपर ब्याटर विनोद भण्डारीको स्थानमा कमलसिंह ऐरीलाई खेलाएको छ । तीब्र बलर कमलको यो दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो । विनोदको स्थानमा आसिफ शेखले नेपालको विकेटकिपिङ सम्हाल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077