Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपाललाई लगातार दोस्रो सफलता, सोमपाल र आसिफको मिल्यो तालमेल

काठमाडौँ । आईसीसी विश्वकप लिग-२ क्रिकेटमा यूएईविरूद्धको खेलमा नेपाललाई लगातार दोस्रो सफलता मिलेको छ।

खेलको छैटौं ओभरमा सोमपाल कामीले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । उनले बृत्यता अरविन्दलाई ३ रनमा विकेट किपर आसिफ शेखको हातबाट स्टम्पिङ गराएका हुन्।

यसअघिको पहिलो विकेट पनि सोमपालले नै लिएका हुन्। उनले खेलको चौंथो ओभरमा यूएईका चिराग सुरीलाई व्यक्तिगत ६ रनमा आसिफको हातबाट स्टम्पिङ गराएका थिए।

नेपालले खेलमा बिनोद भण्डारीको ठाउँमा आसिफलाई विकेट किपिङ गराएको छ। भण्डारीको ठाउँमा कमलसिंह ऐरीले मौका पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077