Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

युक्रेन-रुस द्वन्द: ल्भिभ विमानस्थलनजिकै बम आक्रमण

एजेन्सी ।  युक्रेनको ल्भिभस्थित विमानस्थलनजिकै रहेको एउटा भवनमा रुसले शुक्रवार हवाई आक्रमण गरेको विवरण प्राप्त भएको छ। त्यहाँका नगरप्रमुखले आफ्नो टेलिग्राममा विमानस्थलमा नभएर नजिकै रहेको भवनमा बम प्रहार भएको लेखेका छन्। तर त्यहाँ कोही हताहत नभएको उनले जानकारी दिएका छन्। रुसी आक्रमणको निसानामा परेको भवनमा विमान मर्मत सम्भार हुने गरेको बताइएको छ। तर उक्त भवनमा काम पहिला नै रोकिएको उनले जानकारी दिएका छन्। उक्त स्थानमा उद्धारकर्मी पुगिसकेको उनले बताएका छन्। कहाँ छ ल्भिभ? ल्भिभ पोल्यान्डको सीमबाट केवल ७० किलोमिटर टाढा छ । यो सहर पूर्वी र दक्षिणी युक्रेनमा सङ्घर्ष भइरहेका स्थानभन्दा निकै टाढा छ। त्यहाँ यसअघि बमबारी भएको थिएन । ल्भिभभन्दा ३० किलोमिटर पर रहेको एउटा एउटा सैन्य तालिम केन्द्रमा पाँच दिनअघि त्यस्तै आक्रमण भएको बीबीसीले जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077